New Baneshwor, Kathmandu
अन्तराष्ट्रिय सहकारीका मूल्य मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको शीप, श्रोत र साधनलाई एकीकृत गरी सदस्यहरुका निर्वाचित प्रतिनिधीद्धारा संचालित एवं प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारीको माध्यमद्धारा पशुपन्छी, मत्स्यपालनको माध्यमबाट किसानहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक र शैक्षिक विकास एवम् पशुपन्छी तथा मत्स्यपालन, रेशम खेतीमा संलग्न किसानहरुसंग अन्तरसम्बन्ध रहने झार घॉस, डाले घॉस, कृषि वन एवम् वन उद्यम विकास र सो संग सम्बन्धित गैह्र काष्ठ जन्य र जरिवुटी उत्पादन एवम विकास, सिमसार क्षेत्र संरक्षण, वन जंगल एवम चरन क्षेत्रको विकास र पर्यावरण जैविक विविधताको संरक्षणको लागी एक सहकारी संघको गठन गरी संचालन गर्न आवश्यक भएकोले साविक सहकारी ऐन, २०४८ को दफा १२ को उपदफा(१) ले दिएको अधिकार प्रयोग गरी मिति २०६९/०३/३० मा नेपाल सरकार सहकारी विभागमा दर्ता नं २५ मा दर्ता भएको नेपाल केन्दि्रय मत्स्य सहकारी संघ र मिति २०७१/०९/२३ मा नेपाल सरकार सहकारी विभागमा दर्ता नं २८ मा दर्ता भएको केन्दि्रय पशुपन्छीपालन सहकारी संघ लि. नेपाल को मिति २०७८/०८/२० मा भएको संयुक्त साधारण सभाबाट दुबै संघको एकिकरण प्रस्ताव सहकारी विभागमा पेश गरीएकोमा विभागको २०७८र १२र १५ को निर्णय अनुसार एकिकरण भई केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. नेपाल कायम गरिएको छ ।